लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै कृष्णनगर नाका

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता, कतिक ५ गते

मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषधको तस्करी बढेको छ र हाल कृष्णनगर नाका लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ l

कृष्णनगरको अस्थाई प्रहरी पोस्ट – लिंकगेटमा चेकजाँच गर्ने क्रममा प्रहरीले ३ किलो अफिम बरामद गरेको छ।

दिउसो एक बजेका समय लिङकगेट स्थित डिउटिमा खटिएको अस्थाई प्रहरी पोस्ट ( लिंक गेट ) का प्रहरी नायब निरीक्षक

रेशम बाहदुर जि.सी. समेतको प्रहरी टोलीले नेपाल-भारत आवत जावत गर्ने मानिसहरुलाई नियमित चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ पैदल जाँदै गरेका बर्ष ३५ का लाले भन्ने लाल बहादुर खत्रीको झोलामा ६  प्याकेटमा ३ किलो अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ  ।

प्रहरीले सोधपुछ गर्दा जिल्ला रुकुम पश्चिम वाफिकोट गाउंपालिका वडा ८ दुली बस्ने खत्रीको शरीर चेकजाँच गर्न लाग्दा  प्रहरीलाई धक्का दिई  झोला छोडेर भारत तर्फ भागेका नायब निरीक्षक रेशम बहादुर जीसीले जानकारी दिनुभएको छ   ।

प्रहरी टोलीले पिछा गर्दै जाँदा खत्री नेपाल-भारत दशगजा पार गरी भारत तर्फ दौडिदै जाने क्रममा भारतिय सिमा सुरक्षा बल ( SSB ) को डिउटी टोलिले नियन्त्रणमा लिई शरिर चेकजाँच गर्दा कम्मरको भागमा समेत ४ प्याकेट अफिम समातिएको भारतीय संचारकर्मीहरुले बताएका छन । केही दिन देखि कृष्णनगर नाका लागू औषधको  ट्रान्जिट प्वाइन्ट बन्दै गएकोले प्रहरीलाई टाउको दुखाई बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *