राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको आज उद्घाटन गर्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कतिक ५ गते

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको आज उद्घाटन गर्ने भएकी छिन् ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्‍न भएकाले आज उद्घाटन गर्न लागिएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने भएको छ ।

२०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।

शिलान्यास भएको करिब पाँच वर्षपछि रानीपोखरी पुनर्निर्माणको काम पूरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *