इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्स हरायो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक ७ गते

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि सहज जित निकालेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा मनिस पाण्डेले ८३ र विजय शंकरले अविजित ५२ रनको मद्दतले राजस्थान रोयल्स ८ विकेटले पराजित भएको हो ।

 राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेटको क्षतिमा भेटायो । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरेका थिए ।

 जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए ।राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।

 यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाएका थिए । यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे ।

 रोबिन उथप्पा १९ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए । जोफ्रा आर्चर १६ रनमा अविजि रहे ।

हैदराबादका जासन होल्डरले ३ विकेट लिए । विजय शंकर र राशिद खानले १र१ विकेट लिए ।जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ ।

 हैदराबाद तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ । राजस्थानले भने ११ खेलमा ८ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *