अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक ७ गते
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या चार करोड २० लाख नाघेको छ ।
दैनिक रुपमा चार लाख बढी नयाँ बिरामी थपिँदै जाँदा संक्रमितको संख्या चार करोड २० लाख नाघेको हो । पछिल्लो २४ घण्टामा चार लाख ५५ हजार दुई सय ६७ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या चार करोड २० लाख २८ हजार ८०५ पुगेको छ । विश्वमा दिनप्रतिदिन संक्रमण तीव्र रुपमा फैलिइरहेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख ४३ हजार ३५७ जनाको मृत्यु भइसकेको वाल्डो मिटरले जनाएको छ । एकै दिन पाँच हजार नौ सय १८ जनाले ज्यान गुमाए ।
विश्वमा संक्रमण पुष्टि भएकामध्ये तीन करोड १२ लाख ६ हजार ९५४ जनाको उपचार पछि डिस्चार्ज हुँदै घर फर्किएका छन् । ९६ लाख ४३ हजार छ सय ७३ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ७४ हजार आठ सय ४५ जनाको अवस्था चिन्ताजनक छ ।