प्रधानमन्त्री केपी शर्मा ओली आज देशवासीका नाममा सम्बोधन गर्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक ७ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्।

उनले आज ४ बजेर २५ मिनेटमा देशवासीको नाममा सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकारले बताए ।

प्रधानमन्त्री ओलीले दसैंको अवसरमार शुभकामना दिने र समसामयिक विषयमा आफ्ना धारणा राख्ने बताइएको छ । कोरोना संक्रमणबारे र पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीले आफ्ना धारणा राख्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *