अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १० गते
भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख नाघेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा थप ४५ हजार १५७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७९ लाख ९ हजार ५० पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ४६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १९ हजार ३० पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७१ लाख ३३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ५६ हजार २६ जनाको उपचार भइरहेको छ ।