पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १३ गते

पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत पर्वत कुश्मा ६ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ६ :१५  मा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

डा.  शर्माका अनुसार बुधबार कोरोना संक्रमण पुष्टि भएका उहाँमा कोभिड १९ संक्रमण संगै निमोनिया, उच्च रक्तचाप र स्वासप्रस्वासमा समस्या रहेको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२  पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *