अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १४ गते
कोरोना संक्रमणबाट पोखरामा थप एक पुरुषको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत बागलुङ गल्कोट ३ का ७२ वर्षीय संक्रमित पुरुषको बिहीबार मृत्यु भएको हो ।
कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका पुरुषको बिहीबार साँझ ५ : ०५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।