अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १५ गते
टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । सो क्रममा कम्तीमा २२ जनाको मृत्यु भएको बताइएको छ । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
उक्त शक्तिशाली भूकम्पले टर्कीको इज्मिर शहर आसपासको क्षेत्रका भवनहरूमा क्षति पुर्याएको छ । स्थानीय अधिकारीहरूका अनुसार २० वटा घर भत्केका छन् ।
भत्किएका संरचनामुनि थप मानिसहरू पुरिएको हुनसक्ने आशङ्कामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन् । अहिलेसम्म २२ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको विवरण प्राप्त भएका छन् । भत्किएका संरचनामा परेर भूकम्पका कारण टर्कीमा २० र ग्रीसमा दुई जनाको मृत्यु भएको बताइएको छ ।