काठमाडौं उपत्यकामा आज थपिए १ हजार ६ सय २२ कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, कार्तिक १६ गते

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २२ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ३ सय ६२ , ललितपुरमा १ सय ६४ र भक्तपुरमा ९६ संक्रमित थपिएका छन् ।

योसंगै काठमाडौंमा ६३ हजार २ सय १७ जना, ललितपुरमा ८ हजार ९ सय ५८ , भक्तपुरमा ५ हजार ७ सय ९५ जना संक्रमित थपिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७८ हजार ६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *