अनलाईन न्युजपाटी,जनकपुर,समाचारदाता, कार्तिक १८ गते
सशस्त्र प्रहरीले सात लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीका सामान महोत्तरीबाट बरामद गरेको छ । अवैध रुपमा भन्सार छलेर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल महोत्तरीले करिब ७ लाख २ हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।

मटिहानी नाका हुँदै भित्र्याइएको करिब ५ लाख ४० हजार मूल्यको डेन्टलसम्बन्धी उपकरण बरामद भएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।
यसैगरी एकडाँडा गाउँपालिका क्षेत्रबाट १ लाख ६२ हजार मूल्य बराबरको भन्सार छली गरेल ल्याइएको कपडा समेत बरामद भएको उनले बताए ।
सोमबार बरामद गरिएका उपकरण र कपडालाई जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाइएको उनले बताए ।