अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १८ गते
दिपावली तथा छठ पर्वलाई लक्षित गरि भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको ठुलो परिमाणको बिस्फोटक पदार्थ सर्लाही प्रहरीले सिमावर्ती बलरा नाका हुदै बरामद गरेको छ ।
बलरा नाका हुदै ट्याक्टरमा राखेर भारतबाट ल्याउँदै गरेको बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
ट्याक्टरमा लुकाएर ल्याउँदै गरेको १० क्वीन्टल ८८ किलो बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
ज. १ त २१७६–९ नम्बरको ट्याक्टरको टेलरमा त्रिपालले ढाकेर ओसारपसार भईरहेको अवस्थामा ती सामग्री बरामद् गरिएको प्रहरीले जनाएको छ । बरामद् ट्याक्टर र विष्फोटजन्य सामग्री नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाईएको प्रहरी उपरीक्षकले जानकारी दिए ।
उक्त विष्फोटजन्य सामग्री भारतबाट भित्र्याईएको प्रहरी स्रोतले जनाएको छ ।