सूर्यबहादुर केसीको निधन भएपछि उहाँको सम्मानमा पोखरा महानगरको सबै सेवा बन्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १८ गते

पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उहाँको सम्मानमा पोखरा महानगरको सेवा बन्द गरिएको छ ।

महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व केसीका सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालय बन्द रहने जनाएको छ । विज्ञप्तिमा केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित उहाँले पोखराको विकासमा पुर्याउनुभएको योगदानलाई सदा स्मरण गरिने उल्लेख छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद केसीको यही कात्तिक १७ गते राति १० : ३० बजे ६३ वर्षका उमेरमा आफ्नै निवास मुस्ताङचोकमा निधन भएको थियो । सांसद केसी पोखराका प्रतिष्ठित उद्योगीसमेत हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *