कालीगण्डकी करिडोर सडक खन्ने क्रममा आएको सुख्खा पहिरोमा पुरिएर पाँच जना मजदुरको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २० गते

कालीगण्डकी करिडोर अन्तरगत नवलपुर खण्डमा सुख्खा पहिरो खसेको छ । पहिरोमा पुरिएर पाँच जना मजदूरको मृत्यु भएको छ ।

नवलपुरको बुलिङ्टार गाउँपालिकामा पर्ने सडक खण्डमा पहिरो गएको र त्यहाँ कार्यरत पाँच जना मजदुरहरूको मृत्यु भएको जनाइएको छ । मजदूरहरू सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला बुधबार साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका हुन्  ।

प्रहरीले दिएको जानकारी अनुसार अनुसार पहिरोमा पुरिएर ज्यान गुमाउनेमा २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुनबहादुर पुलामी, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी र २९ वर्षीय तुलबहादुर सारु रहेका छन् ।

मृत्यु हुनेहरु सबै बुलिङटार–४ का बासिन्दा हुन् । पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले बाहिर निकालेका थिए ।

पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् । उनीहरु दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *