अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २० गते
विश्वभर कोरोना भाइरसको संक्रमणका कारण एकैदिन ९ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ६३ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको हो ।

पछिल्लो २४ घण्टामा ५ लाख ७० हजार ९ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४ करोड ८४ लाख २२ हजार १३ पुगेको छ ।
जसमध्ये ३ करोड ४६ लाख ७१ हजार ४८५ निको भएका छन् भने १२ लाख ३० हजार ७८६ जनाको ज्यान गएको छ ।