अनलाईन न्युजपाटी,संजु छत्कुली,बिरगंज,समाचारदाता,कार्तिक २४ गते
नेपाली काग्रेसका नेता चौरसियाको पहलमा नेपाल अष्ट्रेलिया संघले अलौमा ११५ दलित घर परिवारलाई राहत बितरण गरेको छ ।
कार्यक्रमको प्रमुख अथिति नेपाल काग्रेसका केन्द्रिय सदस्य एवम तराई मधेस समन्वय बिभाग प्रमुख अजय चौरसियाले आफै पहल गरि वीरगंज १७ अलौमा ११५ दलित परिवारलाई राहत बितरण गर्नुभएको छ।
उक्त राहत बितरण कार्याक्रममा एक घरधुरी लाई २५ के जि चामल २ केजि दाल १ केजि नुन, तेल र साबुन बितरण गर्दै शुभ दिपावली तथा छठ पर्वको अवसरमा नेता चौरसियाले शुभकामना दिदै राहत बितरण गर्नुभयो ।
राहत बितरण कार्यक्रम नेपाली काग्रेसका प्रदेश सासंद ओम प्रकाश शर्मा ,महासमिती सदस्य रामरुप प्रसद कुर्मी वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, नेता ज्योतिष पुरुशोतम पडित,जिल्ला शचिव श्याम पटेल,जिल्ला सदस्य रोशन लामिछाने,क्षेत्रीय अध्यक्ष २ ख को शैलेन्द्र उपाध्याय,अलौ वार्डनं१७ को बुथ सभापती शिव ओम लामिछाने , उप शभापति सन्जु छत्कुली नेत गन्नी मिया, श्रीकिशुन साह, तरुण दलका सचिव बिबेक चौरसिया , सदस्य उपनेश चौरसिया , नेबिसंघका नेता रंजित पटेल, राज चौरसिया लगायतका नेता हरुको उपस्थित रहेको थियो।