प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ जाँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ८ गते

प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली सहित संविधानसभा अध्यक्ष सुवाशचन्द्र नेम्बाङ, पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आउने नेपाल ट्रष्टका बोर्ड सदस्य तथा घुन्सा फाण्डेशनका अध्यक्ष योङ्जोम शेर्पाले बताईन् ।

ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरेर प्रधानमन्त्री ओली इलाम जानेछन् । इलाममा पनि सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा बीओपी निर्माण भएको छ ।

यसअघि कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभा भ्रमण गरेका थिए । त्यहाँ पनि बीओपीको निरीक्षण गरेका थिए । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *