अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ८ गते
४३ किलो गाँजासहित एक जना मकवानपुरबाट पक्राउ परेका छन्।
प्रहरीले कैलाश गाउँपालिका वडा नम्बर ७ का २३ वर्षीय तीर्थराज चेपाङलाई आइतबार राति पौने १० बजे पक्राउ गरेको हो।
उनलाई इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार चेपाङको साथमा कालो झोला, जेब्रा झोला र प्लास्टिकका बोरा थिए।
शंका लागेर प्रहरीले हेर्दा गाँजा फेला पारेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।