नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठक सम्पन्न, बैठक मंसिर १६ गते दिउँसो १ बजे पुनः बस्ने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १३ गते

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः १६ गते बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा (शनिबार)आज बसेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव अध्ययनका लागि खामबन्दी गरेर सचिवालय सदस्यहरुलाई दिइएको छ । उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ ।

नेकपाले मंसिर १८ गते बिहीबार स्थायी कमिटी र मंसिर २५ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत सचिवालय सदस्य सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *