राजसंस्था पक्षधरहरुद्धारा आज काठमाडौँको माइतीघरमा शक्ति प्रदर्शन

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २० गते।

राजसंस्थाको पक्षमा काठमाडौंमा पनि राजावादीहरुले शक्ति प्रदर्शन गरेका छन् । देशको बिभिन्न भागमा भएको प्रदर्शनबाट उत्साहित भएका राजसंस्था पक्षधरहरुले आज काठमाडौँको माइतीघरमा शक्ति प्रदर्शन गरेका छन् । माइतीघर मण्डलाबाट सुरु गरिएको शक्तिप्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत हुने स्रोतले बताएको छ ।

‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा बोकेका थिए ।

प्रदर्शनमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना गर्नु पर्ने माग गरिएको थियो । 

राप्रपाले अब देशभर आफूहरुले राजतन्त्रको पक्षमा प्रदर्शन गर्ने जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *