आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ३० गते।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल  देशमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

हाल देशको तराईका अधिकांश भू-भागमा कुहिरो / हुस्सु लागेको अवस्था छ ।

तापक्रम घटेकै कारण आज बिहान देशभरी धेरै चिसो महसुस गरिएको छ ।

दिउँसो : प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा  आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *