उदयपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ३० गते।

उदयपुरबाट लागूऔषधसहित एक युवक सोमबार पक्राउ परेको छ । लागूऔषधसहित बेलका नगरपालिका वडा नं. ३ का १९ वर्षिय कौशल माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलका नगरपालिका वडा नं. ५ मा लागूऔषधको कारोबार भईरहेको गोप्य सूचनाका आधारमा इलका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको टोलीले उनको साथबाट १० ट्याब्लेट नाईट्र«ाभेट सहित पक्राउ परेको इन्चार्ज हरि खड्काले जानकारी दिए ।

पक्राउ परेको माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *