अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,पुस ५ गते।
टयाक्टर दुर्घटना हुँदा महोत्तरीमा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
जलेश्वर नगरपालिका–७ स्थित बख्रि टोलबाट माटो लोड गरी बेलातर्फ जाँदै गरेका ज १ त ३५७९ नम्बरको टयाक्टर दुर्घटना हुँदा अन्दाजी २३ वर्षीय चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टयाक्टर मोड्ने क्रममा दाँया साइडको बीच र पछाडी पट्टीको चक्का गडेका कारण ईन्जिनको भाग उठ्न गई इन्जिनको भाग र पछाडी टेलको बीचमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको परिचय खुल्न सकेको छैन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।