आज थप ५८८ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ५३ हजार ७७२पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ५ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ५८८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ५३ हजार ७७२पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।

अहिलेसम्म निको हुनेको संख्या दुई लाख ४३ हजार ६६४   जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७७७ जनाको मृत्यु दर्ता गरिएको छ ।                                                                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *