अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस ७ गते।
उत्तर प्रदेशको आगरामा डिजेल बोकेको ट्यांकरसंग कार ठोकिँदा ट्याङकरको ट्यांकी फुटेर आगलागी भएको छ । दुर्घटनामा परि ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आज बिहान ५ बजे तिर कार र ट्यांकर एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बच्चा, एक महिला र तीन युवाहरू रहेका छन्।
उनीहरु उन्नाव निवासी रहेको बताइएको छ । दुर्घटनाप्रति उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् ।