ताप्लेजुङको पाथीभरा वन क्षेत्रमा आगलागी

अनलाईन न्युजपाटी  काठमाडौँ,समाचारदाता,पुस ११ गते।

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ ।

आगलागी भएको फावाखोलाको सिम्बु सामुदायिक वन र मन्दिरको दुरी ३/४ किलोमिटर रहेको छ ।

डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको स्थानियको भनाई छ । सो क्षेत्रमा पानीको पनि अभाव भएको र विषेशगरि गभ्रे सल्लाको जंगल भएकाले पनि डढेलो नियन्त्रण बाहिर रहेको छ ।

आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ ।

अहिले नेपाली सैनिकसहित सुरक्षाकर्मी र स्थानीयको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

वनमा केही दिनदेखि आगलागी भैरहेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *