सनशाईन सामाजिक विकास संस्था द्धारा मायादेवी गाउपालिकाको न्यायिक समिति र प्रहरी चौकीलाई फर्निचर उपलब्ध

अनलाईन न्युजपाटी धनी राम काेरी, कपिलवस्तु समाचारदाता, पुस १३ गते।

कपिलवस्तुको मायादेवी गाउपालिकाको न्यायिक समिति र प्रहरी चौकी गुलरी बिजुवालाई सनशाईन सामाजिक विकास संस्थाले फर्निचर उपलब्ध गराएको छ ।

सनशाईन सामाजिक विकास  संस्था र यूनाइटेड  मिसन टू नेपालको साझेदारीमा सञ्चालित कोभिड -१९ अन्तर्गत LCP कार्यक्रम बाट मायादेवी गाउपालिकाको न्यायिक समिति र  वडा नं ८ मा रहेको

 प्रहरी चौकी गुलरी बिजुवालाई फर्निचर उपलब्ध गराइएको सनशाईन सामाजिक विकास  संस्था का कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

समाग्री बुझ्दै न्यायिक समिति संयोजक गिता तिवारीले अहिले सम्मा व्यवस्थापनको कमजोरीले आफ्नै कार्यकक्षमा न्यायिक काम गर्दै आए पनि अब न्यायिक समितिलाई चहिने व्यवस्थापन समाग्री प्राप्त भए पछि सेवाग्राहीलाई सहज र विवाद समाधान गर्न सजिलो हुने जानकारी गराउनु भएको छ ।  त्यस्तै प्रहरी चौकी बिजुवा गुलरीलाई टेबुल २ थान, दराज २ थान, अफिसियल कुर्सी ३ थान, बेन्च, टिटेबल २ थान, र्याक, स्टैन्ड पंखा, कार्पेट लगायतको १ लाख ७ हजार बराबरको सहयोग गरिएको संस्थाका निर्देशक श्रेष्ठले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *