ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको आगो फेरि दन्कियो

अनलाईन न्युजपाटी  काठमाडौँ,समाचारदाता,पुस १३ गते।

ताप्लेजुङ्गस्थित प्रसिद्ध  तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको आंशिक नियन्त्रणमा आएको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

चार दिनदेखि लागेको आगलागी अझै पुर्णरुपमा नियन्त्रणमा आउन नसकेको हो ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन भएका छन् भने स्थानीयहरुले पनि आगो निभाउन सहयोग गरिरहेका छन् ।

आईतबार स्थानीय बासिन्दासहित नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी को टोलीले आंसिक रुपमा नियन्त्रणमा लिएको र मन्दिर आसपासको क्षेत्र खतरामुक्त देखिएको थियो । तर आज विहानदेखि फेरि आगो सल्किएको हो ।

डाँडामा आगो लागेको हुँदा दमकल जानसक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । आगलागिको कारण समेत खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *