कञ्चनपुरको नेपाल-भारत सीमाक्षेत्रमा एसएसबीद्धारा नेपाली नागरिक माथी गोली प्रहार

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस २१ गते।

कञ्चनपुरको  महाकाली नगरपालिका नेपाल-भारत सीमाक्षेत्रमा एसएसबीले गोली चलाएको छ।

सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दोधारा चादनी नेपाल-भारत सीमाक्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

गोली प्रहार भएको नेपाली नागरिक सुनार घाइते भएका छन् । यस्तै गोली लागेका नरेस सुनार भने करिब १६ वर्षका छन् ।

धाइते सुनारलाई उपचारको लागि महाकाली अस्पतालमा ल्याएको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।

उनले घटनाको आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *