प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २४ गते।

प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी शर्मा ओली आज धनगढी जाँदै हुनुहुन्छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली आज धनगढी जाने उल्लेख गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन ।

प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटनपछि पहिलोपटक पत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन लाग्नुभएको हाे । प्रधानमन्त्रीको सुरक्षालाई मध्यनजर राखी  धनगढीमा सुरक्षा सतर्कता बढाइएको छ । प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जानकारी दिएको छ ।

धनगढी रंगशालामा शुक्रबार दिउँसो १२ बजेदेखि जनसभा हुने नेकपाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *