तातोपानी नाका २० दिनका लागि बन्द हुने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २६ गते।

चीनसँगको प्रमुख नाका तातोपानी नाका फेरि बन्द हुने भएको छ ।

पुल मर्मत नगरे दुर्घटना निम्तिन सक्ने सम्भावित खतरा भएकाले जाङ्बु प्रशासनले नाका बन्द गर्ने भएको हो । पुल मर्मतका लागि कम्तीमा २० दिन लाग्नेछ । पुल मर्मतका लागि आउँदो २० जनवरीदेखि नाका बन्द गरिनेछ ।

पुल मर्मतकालागि नाका बन्द रहने भएपछि बाटोमा रहेका सामानहरु छिटो ल्याउन पहल भइरहेको भन्सारले जनाएको छ । हाल दैनिक १८ वटा कन्टेनरमार्फत नाकाबाट सामान भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ । पुल मर्मत गर्दा बाटोमा सामान नअडि्कयोस भनेर मा छिटो-छिटो सामान ल्याउँदा भन्सारको राजश्व बढेर तीन सातामा १८ करोड पुगेको भन्सार कार्यालयले जनाएको छ ।

कोभिड र बाढीका कारण चीनतर्फका महत्वपूर्ण व्यापारिक नाकाहरु लामो समयदेखि अवरुद्ध हुँदै आएका छन् । नाकामा भएको अवरोधले दुई देशबीचको व्यापार अवरुद्ध भएको भन्दै नेपाली व्यवसायी भने चिन्तित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *