अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप २ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ जना रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५ संक्रमितको मृत्यु भएको छ । योसँगै मुलुकभर मृतकको संख्या १ हजार ९ सय ४८ पुगेको छ ।