मकवानपुरमा आज बिहान बस दुर्घटना हुँदा १५ जना घाइते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १६ गते।

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जस मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बिहान करिब ९ बजे धराना–चतरा सडकखण्डमा भएको दुर्घटनामा सात जना गम्भीर र आठ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मकवानपुरको धियाँलबाट हेटौंडा बजारतर्फ आइरहेको ना३ख ३३४४ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो । घाइतेहरूको स्थानीय चौकीमा उपचार गरिएकोमा चिन्ताजनक देखिएका सात जनालाई हेटौंडा रिफर गरिएको छ ।

गम्भीर घाइते भएकाहरूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी छतिवनको टोलीले उद्धार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *