अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,माघ १८ गते।
चोरीको मोटरसाइकलसहित एक युवक धनुषाबाट प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका ३ रजोखैर बस्ने बर्ष १८ का रोहीत यादव सहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवाचोकमा शनिबार दिउँसोपार्किङ गरी राखेको ज.८प.८७७५ नम्बरको अपाचे मोटरसाइकल चोरी भएको थियो ।
धनुषाधामधनुषाको चेकिङटोलीले चेक जाँचको क्रममा अपराहन्न पौने ५ बजे उक्त चोरीको मोटरसाइकलसहित यादवलाई पक्राउ गरेको डीएसपीले बताए ।
उक्त मोटरसाइकल र पक्राउ परेका मानिसलाई हाल ई.प्र.का. महेन्द्रनगर धनुषामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।