प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए संवैधानिक परिषदको बैठक

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २० गते।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले  संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए। 

संवैधानिक परिषदमा पहिला गणपूरक संख्याका लागि अध्यक्ष र अन्य चार जना उपस्थित हुनुपर्ने कानुनी प्रबन्ध थियो।ओलीले तत्काल कायम रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्ने प्रावधान राखेर अध्यादेश जारी गराएका हुन्।

यो अध्यादेशअनुसार अब संवैधानिक परिषदमा तीन जना उपस्थित भएर निर्णय गर्न सक्नेछन्। 

सोहीअनुसार प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको उपस्थितिमा बसेको बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसहितका संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो। 

प्रधानमन्त्री ओलीले साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाएका हुन् । विविध विषयमा छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *