जो बाइडेन द्धारा सैनिक कू भएको म्यानमारमाथि फेरि प्रतिबन्ध लगाउने चेतावनी

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २० गते।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सैनिक कू भएको म्यानमारमाथि फेरि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

बाइडेनले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहितका अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै त्यहाँको सेनाविरुद्ध कदम चालिने चेतावनी दिएका हुन् । उनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् । अन्यथा नभए अमेरिकाले “उचित कदम” चाल्ने चेतावनी दिएका छन् ।

सैनिक कूको भत्सर्ना गर्दै बाइडेन नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीसहितका नेताहरूलाई पक्राउ गर्नु म्यानमारको प्रजातान्त्रिक रूपान्तरण र कानुनको शासनमाथिको प्रहार भएको बताएका छन्। 

उनले सैनिक कूको विरोध गर्न र नेतृ सुकीसहित हिरासतमा रहेका नेताहरूको रिहाइका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गरेका छन्। 

बाइडेनले म्यानमारको सैनिकलाई  टेलिफोन र इन्टरनेटमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन भनेका पनि भनेका छन्। 

उनले यो कठिन घडीमा को-को म्यानमारका नागरिकका पक्षमा उभिएका छन् भन्ने पनि आफूले हेरिरहेको बताएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *