अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २० गते।
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५ जना भन्दा बढी घाइते भएका छन् ।
आज दोलखाबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको हो ।
लामोसाँघु–जिरी सडकखण्डमा बा२ख २७८९ नम्बरको यात्रुबाहक बस तीव्र गतिका कारण सडकमै पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त बसका चालक भने फरार बनेका छन् ।