अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २० गते।
लागूऔषध गाँजासहित मकवानपुरको नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट एकजना पक्राउ परेका छन् ।
ना २ ह ४१०९ नम्बरको अटो र त्यसका चालक राजेन्द्रबहादुर दमाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
चालक बस्ने सिटमुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा ११ किजी गाँजा, ६७ हजार नगद र भारु. २ हजार ५ सय पनि बरामद भएको प्रहरीले जानकारी दिए ।