अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता,माघ २१ गते।
डाक्टर गोविन्द केसीले फागुन १२ देखि अनसन बस्ने घोषणा गरेका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा आलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै संविधानको रक्षा गर्नुपर्ने, विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।
‘अख्तियारलगायतका संवैधानिक निकायहरूलाई निष्पक्ष रूपमा सबै भ्रष्ट व्यक्तिहरूमाथि आवश्यक छानबिन र कारबाही गरी आफ्नो संवैधानिक दायित्व निभाउन आग्रह गर्दै कुनै व्यक्ति विशेषको प्रतिशोध साँध्ने हतियार नबन्न खबरदारी पनि गर्न चाहन्छौं’, डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ’, उनले भने,‘यो अवस्थामा आगामी कैयौं पुस्ताका नेपालीहरूको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरू गर्ने निर्णय गरेका छौं। आगामी तीन सातामा हाम्रा मागहरू पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह सुरू गर्ने घोषणा गर्दर्छौं।’