सप्तरीबाट ४१ किलो गाँजा सशस्त्र प्रहरीद्धारा बरामद

अनलाईन न्युजपाटी सप्तरी,समाचारदाता,माघ २२ गते।

बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ सकरदहीबाट सशस्त्र प्रहरीले ४१ किलो प्रतिबन्धित गाँजा बेवारिसे अवस्थामा बरामद गरेको छ ।

सशस्त्र प्रहरी टोलीले परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ सकरदहीबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो

पाँच/छ वटा पोकामा करिब एक दर्जन सानो/सानो पोका बनाएर बिक्रीका लागि तयारी अवस्थामा सार्वजनिक जग्गामा लुकाएर राखिएको उक्त गाँजा बरामद गरिएको उहाँले बताउनुभयो ।

गाँजा राखेर विभिन्न ठाउँमा बिक्री वितरण गर्ने गरिएको बताउँदै उनले यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *