ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १ गते।

ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै छ ।

नेकपा लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली शनिबार बिहान बुटवल प्रस्थान गर्दै छन्।

सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने छ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज एवम् मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

सभाको पूर्वसन्ध्यामा नेकपाका युवा इन्चार्ज महेश बस्नेतको नेतृत्वमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल र्‍याली निकालेका थिए। उनीहरूले बुटबलका विभिन्न ठाउँमा मार्चपास समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *