नेकपा प्रचण्ड–माधव समूहले आज तेस्रो चरणको आन्दोलन घोषणा गर्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २ गते।

नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।

 उक्त पार्टीले आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै आन्दोलनरत यस समूहले तेस्रो चरणमा अझै सशक्त रुपले संघर्षका कार्यक्रम अघि बढाउने जनाएको छ । सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले आइतबार दिउँसो २ बजे पार्टी कार्यालय, पेरिस डाँडामा प्रतिगमनविरोधी संघर्षको तेस्रो चरणका कार्यक्रम घोषणा गरिन लागेको बताएका छन् ।

यसअघि यस समूहले पहिलो र दोस्रो चरणका आन्दोलन सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *