६४ हजार बढी नगदसहित जुवा खेल्दै गरेका ८ जना दाङबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १४ गते।

६४ हजार बढी नगदसहित जुवा खेल्दै गरेका ८ जनालाई दाङबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–८ का २८ वर्षीय तिलक वली, सोही ठाउँका ३५ वर्षीय शरद रावत, ३० वर्षीय समिर खड्का, ३५ वर्षीय सुरेन्द्र चौधरी, २१ वर्षीय यादव राना, ४४ वर्षीय शिवु रावत,  ४० वर्षीय रमेश वली र जुवा खेलाउने घरधनी सुरेन्द्र सेनजुवा रहेका उनले जानकारी दिए।

जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार बिहान साढे १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी  मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

साथै खोलेका २ थान र नखोलको ३ थान तासका गड्डी र एउटा गलैंचा पनि बरामद गरिएको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *