आज देशभरका सबै अदालत बन्द

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २० गते।

आज बिहिबार देशभरका सबै अदालत बन्द हुने भएका छन्।

सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको  हो ।

आज बिदा नेकपा विवाद मुद्दाको सुनुवाई पछि सरेको छ ।

पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो । सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मनुभएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएको थियो । उहाँले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *