अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २० गते।
राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन आयोजनाको आज प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास गर्ने भएका छन् ।
आयोजनाअन्तर्गत सुरुङबाट सुनकोसी नदीको पानी खस्ने स्थल सिन्धुलीको कमलामाई नगरपालिका-२, कुसुमटारमा प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने आयोजना प्रमुख सुशील आचार्यले जानकारी दिए । उनकाअनुसार साढे ११ बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम छ ।फागुन १२ मा परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ कम्पनीलाई दिएको थियो । १० अर्ब ५ करोड ६८ लाख ३७ हजार ४६४ रुपैयाँमा परियोजनाले ठेक्का दिएको थियो ।
मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ ।