वैदेशिक रोजगारीको नाममा ठुलो रकमको प्रलोभन देखाएर १० लाख ठगी

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,  फागुन २२ गते।

वैदेशिक रोजगारीको नाममा ठुलो रकम को प्रलोभन देखाएर १० लाख ठगी गरेको   तथ्य फेला परेको छ।सिरहाको लक्ष्मीपुरपतारी गाउँ पालिका ६ सितापुर प्रध देबारीको संजित कुमार शर्मा र नबराजपुर गाउँपालिका ४ का जय कुमार साह र सप्तरीको बलान बिहुल गाउँपालिका कोदरकटीका दिलिप कुमार शर्मा गरी ३ जना बाट बुटवल घर भई हाल वैदेशिक रोजगारीमा दुबैमा रहेका प्रेम साक्य र काठमाडौंमा एजेन्टको काम गरी बस्दै आएका अनुप लामा भनिने देब कुमार मोक्तान ले काठमाडौं बोलाए र  तिनै जना लाई दुबै पठाएका थिए ।

दुबैमा काम न पाएर तिनै जना अलपत्र परेका छ्न । जय कुमार साह दुबै को सार्जा र दिलिप कुमार शर्मा अजमान भने ठाँउमा अलपत्र अबस्थामा छन् । तिन जना मध्ये एक जना संजित कुमार शर्मा दुई महिना कष्ट गरेर  जौतौउ घर बाट पैसा पठाए पछी बल एक जना नेपाल फर्केका हुन् ।

१० लाख ठगी रहेको रहस्य बाहिरीएको छ।स्टील कम्पनी दुबैमा तिनै जना लाई ब्यासिक स्यालरी १४ सय दिरान र नेपाली रुपैया १० घन्टाको ४२ हजार नेपाली रुपैया कमाई हुन्छ भने प्रलोभनमा पारेर नोभेम्बर २० तारीखमा दुबै पठाएका थिए । यस्तो झुक्याएर टुरिष्ट भिषामा पैसा ठगी गर्ने ब्यक्ती लाई तुरुन्त कार्बाहि गर्न सरकार संग पीडितको माग रहेको छ। अझै पनि दुई जना अलपत्र अबस्थामा रहेको पीडितले बताए ।  तिन जनामा १० लाख रुपैयाँ ठगी गरेको पीडित सुन्दर शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *