३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आइतबार नेपाल आइपुग्ने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २२ गते।

कोरोनाविरुद्धको खोप ३ लाख ४८ हजार डोज आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत आइतबार उक्त परिमाणको खोप काठमाडौं आइपुग्ने जानकारी दिए ।

युनिसेफ र विस्व स्वास्थ्य संगठन नेपालको सहयोगमा स्वास्थ्य तथा जनसॅख्या मन्त्रालयले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले कोभ्याक्समार्फत आउने कुल २२ लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज खोप आउन लागेको बताए ।

चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *