अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २३ गते।
शनिबार राति पूर्व-पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ ।
टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारीका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो । बच्चाको मुखमा चोट लागेको उहाँले जानकारी दिनुभयो ।
चितुवाको बच्चा मृत भेटिएपछि डिभिजन वन कार्यालय चितवनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । ठक्कर दिने सवारी चालकको खोजी भइरहेको उहाँले बताउनुभयो ।