अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २३ गते।
रोल्पाको रुन्टीगढी–६ स्थित गातिनामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
रून्टीगढी वडा नं ६ गातिना बस्ने वर्ष ३१ को युवकको घट्नास्थलमा नै मृत्यु हो।
ना ७ त ६४०० नम्बरको ट्रयाक्टर पल्टिदाँ ३१ वर्षीय खगेन्द्र रानाको मत्यु भएको रोल्पाका डिएसपी नरेशराज सुवेदीले बताए । मृतक राना सो ट्रयाक्टरमा सवार थिए । ट्रयाक्टरले च्यापेपछि डोजरको सहायताले उनको शव निकालिएको थियो ।
सवारी चालक जिल्ला रोल्पा थवाङग गापा वडा नं ३ मिरुल घर भई हाल जिल्ला दाङग राप्ती गा.पा. सिसनिया ४ वस्ने वर्ष २०को तुफान भन्ने वल प्रसाद बुढामगर ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाको नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको बताईएको छ ।