अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २३ गते।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्दको खोप लगाउनु भएको छ ।
उनले आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर खोप लगाएका हुन्।
प्रधानमन्त्री ओलीले खोप लाएसँगै दोस्रो चरणको खोप अभियन सुरू भएको छ । प्रधानमन्त्री ओलीलाई खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरेको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका छन् ।
दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।
यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने उहाँले बताउनुभयो । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ ।